ad ad

राजनीति


कार्यकाल एक हप्ता बाँकी हुँदा राष्ट्रिय सभाध्यक्षको भेटवार्ता तीव्र, आज उपराष्ट्रपतिलाई भेटे

कार्यकाल एक हप्ता बाँकी हुँदा राष्ट्रिय सभाध्यक्षको भेटवार्ता तीव्र, आज उपराष्ट्रपतिलाई भेटे

शनिबार उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना।


नेपालखबर
फागुन १२, २०८० शनिबार ११:४८, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। 

आज बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रियसभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानुनलगायत समसामयिक विषयमा छलफल भएको थियो।

उपराष्ट्रपतिले अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि धन्यवाद दिँदै उनको सुख, शान्ति, दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्ताव गरिएका महत्त्वपूर्ण विधेयक र कानुन यथाशीघ्र निर्माण गरी कार्यान्वयनमा ल्याउन सबै पक्षबाट सकारात्मक प्रयास हुन जरुरी भएको बताए।

यसअघि शुक्रबार मात्र राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका थिए।  

उनको कार्यकाल यही फागुन २० गते पूरा हुँदै छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .