ad ad

राजनीति


एक भएर अघि बढौँ, अर्को निर्वाचनमा कसैले हराउन सक्दैन : शशांक

एक भएर अघि बढौँ, अर्को निर्वाचनमा कसैले हराउन सक्दैन : शशांक

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०८० शनिबार १६:४९, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले कांग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रुपमा अघि बढाउन आवश्यक रहेको बताए। 

उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमंगका साथ अघि बढ्ने दाबी गरे। उनले निर्वाचनमा कांग्रेस बाहेकको भविष्य नरहेको जिकिर गरे। 

कांग्रेस एक ढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने बताए। 

‘नेपाली कांग्रेस सर्वश्रेष्ठ पार्टीको रुपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ। उमंग र उत्सहका साथ जानुपर्छ, भविष्य हाम्रो हो। कांग्रेस पार्टीको भविष्य हो। कांग्रेस एक ढिक्का भयो भने कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन। हामी छौँ। एकसाथ जान्छौँ। हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो। नेपाली कांग्रेसले आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ। हामीलाई कसैले हराउन सक्दैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .