ad ad

राजनीति


कर्मचारीलाई आक्रमण गर्नेविरुद्ध विशेष कानुन बनाउन माग

कर्मचारीलाई आक्रमण गर्नेविरुद्ध विशेष कानुन बनाउन माग

नेपालखबर
फागुन १८, २०८० शुक्रबार ११:४१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले कर्मचारी सुरक्षाको माग गर्दै आज (शुक्रबार) उपप्रधानमन्त्री एवं गृहमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।

संगठनका सहअध्यक्ष शरण कुमार गुरुङ नेतृत्वको टोलीले शुक्रबार बिहान गृहमन्त्री श्रेष्ठलाई भेटी मुलुकका विभिन्न स्थानमा राष्ट्रसेवक कर्मचारीविरुद्ध भइइरहेको भौतिक आक्रमण बढेको विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो। 

ज्ञापनपत्रमा कर्मचारी आक्रमणमा संलग्नलाई कारबाहीकाे दायरामा ल्याउन प्रचलित कानुन अपर्याप्त भएको उल्लेख गर्दै दोषीलाई फौजदारी अपराध लगाउने विशेष कानुन बनाउन मागसमेत गरिएको छ।

संगठनले यही फागुन ११ गते रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाविरुद्ध तथा फागुन १६ गते बर्दियाको बढैयाताल गाउपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई गरिएको आक्रमणमा संलग्नलाई कारबाही गर्न पनि माग गरेको छ। 

ज्ञापनपत्र बुझाउने कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष सीता गुरुङ, सचिव भुन कुँवर र प्रतीक तामाङलगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .