ad ad

राजनीति


सदनमा जवाफ दिन सरकारलाई सभामुखद्वारा पुनः निर्देशन

सदनमा जवाफ दिन सरकारलाई सभामुखद्वारा पुनः निर्देशन

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १२:४२, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरूले उठाएका विषयमा संसदमा उपस्थित भएर जवाफ दिन सरकारलाई पुनः निर्देशन दिएका छन्।

सांसदहरूले उठाएका विषयमा यसअघिका बैठकहरूमा पनि स्पष्ट निर्देश गरिसकिएको स्मरण गराउँदै उनले पुनः सरकारलाई रुलिङ गरेका हुन्।

शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरूले सरकार जवाफदेहीविहीन भएको भन्दै संसदमा उठेर विरोध जनाएका थिए। सभामुखले बारम्बार आग्रह गर्दा पनि विपक्षी सांसदहरू आसनमा नबसेपछि सभामुखले सरकारलाई फागुन २१ गतेको समय दिएर पुनः रुलिङ गरेका हुन्।

बैठकमा उनले भने, ‘आजको बैठकमा पनि विभिन्न विषयका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफको माग गर्नुभएको छ। आज र यसअघि उठेका विषयहरुमा सभाको फागुन २१ गते बस्ने बैठकमा उपस्थित भई जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु।’

सभामुख घिमिरेले अघिल्लो बैठकमा पनि यस्तै रुलिङ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .