जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले मल्टिमिडिया सामाजिक सञ्जला टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको शून्य समयमा बोल्ने क्रममा यादवले सरकारले बन्द गर्ने निर्णय गरे पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द अझै खुला छाडेको बताएका हुन्।
‘केही समयअघि सरकारले टिकटकमा प्रतिबन्ध लगायो। जुन स्वागत योग्य थियो,’उनले भने, ‘तर, अहिले पनि यो कतै चलिरहेको छ। केही सेवा इन्टरनेट प्रदायकले टेरेका छैनन्। सरकारले कारबाही गर्नुपर्यो।’
टिकटकलाई दुरुपयोग गरेर विभिन्न समुदाय धार्मिक, सांस्कृतिक र भेषभूषाका व्यक्तिबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल पुर्याएकाले सरकारले बन्द गरेको उनको जिकिर थियो।
उनले टिकटकलाई पूरै बन्द गर्न आग्रह गर्दै अटेर गर्नेहरूलाई कडा कारबाही गर्न माग गरे।
Shares
प्रतिक्रिया