राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवी लामिछानेलाई दिएको छ।
सोमबार बिहान बसको रास्वपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठक केही बेरअघि सकिएको छ।
‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनु भयो,’ एक नेताले भने, ‘नयाँ विकसित राजनीति घटनाक्रमको विषयमा छलफल भयो। राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवी लामिछानेलाई दिने निर्णय भएको छ।’
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गएराति सत्ता सहयात्राका विषयमा नयाँ समझदारी बनेपछि सबैजसाे दलहरु यतिबेला आन्तरिक छलफलमा छन्।
354
Shares
प्रतिक्रिया