राष्ट्रिय राजनीतिमा विकसित नयाँ राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
सोमबार बिहान १० बजेका लागि सभापति शेरबहादुर देउवाले पार्टीकाे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका नेता जीवन परियारले जानकारी दिए।
यसअघि आजै बिहान कांग्रेसका सभापति देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बालुवाटरमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गएराति सत्ता सहयात्राका विषयमा नयाँ समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस झस्किएको छ।
1.8k
Shares
प्रतिक्रिया