ad ad

राजनीति


नयाँ गठबन्धनको विषयमा निर्णय गर्न बोलाइएको नागरिक उन्मुक्तिको बैठक स्थगित

नयाँ गठबन्धनको विषयमा निर्णय गर्न बोलाइएको नागरिक उन्मुक्तिको बैठक स्थगित

नेपालखबर
फागुन २१, २०८० सोमबार १९:४८, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीले सोमबार बेलुका बोलाएको बैठक स्थगित भएको छ।

काठमाडौँ बाहिर रहेका सांसदहरू उपस्थित नहुँदा बैठक सोमबार बेलुका बस्ने भनिएको बैठक स्थगन गर्नु परेको नागरिक उन्मुक्तिका महासचिव गंगाराम चौधरीले जानकारी दिए।

उनका अनुसार नागरिक उन्मुक्तिबाट निर्वाचित प्रदेश र संघका सांसदहरूको बैठक सोमबार डाकिएको थियो। पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेर नयाँ गठबन्धनमा सामेल हुने/नहुने विषयमा उन्मुक्तिले निर्णय गर्न अध्यक्ष रेशमलाल चौधरीले सबै सांसदलाई काठमाडौँ बोलाएका थिए।

‘सबैतिरका सांसद आउन ढिलो हुने भएकाले आजलाई बैठक बस्न सकेन’, महासचिव चौधरीले भने, ‘अब भोलि बिहान १० बजे बैठक बस्छौँ।’

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले सोमबार बिहानै नयाँ गठबन्धनप्रति सकरात्मक रहेको बताउँदै सुदूरपश्चिमको मुख्यमन्त्री पाउनु पर्ने बताएका थिए। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा निर्णायक शक्तिका रुपमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .