ad ad

राजनीति


ओलीले भने : माधव नेपालसँगको कुराकानी सकारात्मक भयो

ओलीले भने : माधव नेपालसँगको कुराकानी सकारात्मक भयो

नेपालखबर
फागुन २२, २०८० मंगलबार २०:५०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई नयाँ सत्ता गठबन्धनमा ल्याउनेबारे सकारात्मक कुराकानी भएको बताएका छन्।

समाजवादी अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा भएको वार्तालाई ओलीले सकारात्मक भनेका हुन्।

वार्तामा के भयो, माधव नेपाललाई सत्ता गठबन्धनमा ल्याउने विषयमा के कुराकानी भयो? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘एफर्मेटिभ।’

ओली सँगै रहेका एमाले महासचिव शंकर पोखरेलले पनि वार्ता सकारात्मक भएको र समाजवादी सत्ता गठबन्धन आउने बताए।

उनले भने, ‘हामीले उहाँलाई अनुरोध गरेका छौँ। भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ। सकारात्मक छ। यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ।’

वार्तामा सहभागी प्रधानमन्त्री प्रचण्ड भने पत्रकारहरूलाई कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्। नेपाल नेतृत्वको समाजवादी बागमतीसहितका प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .