ad ad

राजनीति


गृह दाबी गरेका रवि बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै

गृह दाबी गरेका रवि बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार ९:३५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ। 

नयाँ सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबन्डा गर्न बाँकी रहेका बेला गृह मन्त्रालयमा दाबी गरेका रास्वपा सभापति र प्रधानमन्त्री प्रचण्डबीच केही बेरअघि देखि छलफल भइरहेको स्राेतले नेपालखबरलाई जानकारी दियो। 

यसअघि एमाले नेतृत्वकै गठबन्धन हुँदा गृहमन्त्री बनिसकेका रवि नागरिकता प्रकरणका कारण पदबाट हट्नुपरेको थियो। 

अहिले फेरि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले-रास्वपासहितको चार दलीय नयाँ गठबन्धन बनाएपछि मन्त्रालय बाँडफाँटबारे छलफल भइरहेको हो। 

प्रधानमन्त्री प्रचण्डले सोमबार मात्र कांग्रेससहितको गठबन्धन भंग गर्दै एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनाएका हुन्। सोमबार नै उनले पुराना सबै मन्त्रीलाई बिदा गर्दै नयाँ ३ मन्त्री नियुक्ति गरी मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन्। एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङले मन्त्री पदको शपथ सोमबारै खाइसकेका छन्। तर उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ। 

हाल एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा सामेल सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीलगायत दल पनि थप्न छलफल जारी छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .