ad ad

राजनीति


जसपाले भन्यो- मन्त्रिपरिषद्‍मा न्यायपूर्ण बाँडफाँट, मधेस सरकारमा नेतृत्व ग्यारेन्टी

जसपाले भन्यो- मन्त्रिपरिषद्‍मा न्यायपूर्ण बाँडफाँट, मधेस सरकारमा नेतृत्व ग्यारेन्टी

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार १२:३०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सत्ता गठबन्धनसँग पोर्टफोलियोको आधारमा मन्त्रालय बाँडफाँट र मधेस सरकारको नेतृत्व ग्यारेन्टी हुनुपर्नेमा जोड दिएको छ।

बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नयाँ गठबन्धन सरकारलाई समर्थन गर्दै मन्त्रालयको टुंगो लागेपछि मात्र मन्त्री बन्ने नेताको टुंगो लगाउने निर्णय गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए।

‘नयाँ गठबन्धनसँग मधेस सरकारमा हाम्रो नेतृत्व ग्यारेन्टी हुनुपर्नेमा हाम्रो माग छ,’ यादवले नेपालखबरसँग भने, ‘त्यसपछि शक्ति बाँडफाँट र मन्त्रालयको टुंगो हुनपर्ने कुरा गठबन्धनमा राखेका छौँ।’

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारमा जाने यसअघि नै निर्णय भइसकेकोले अहिले विवाद नरहेको जानकारी दिए।

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपासहित नयाँ गठबन्धन बनेपछि शीर्ष नेताहरूले मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल तीव्र पारेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .