ad ad

समाज


धादिङ बस दुर्घटना : सातमध्ये २ मृतकको मात्रै सनाखत, नदीमा अझै केही बेपत्ता भएको आशंका

धादिङ बस दुर्घटना : सातमध्ये २ मृतकको मात्रै सनाखत, नदीमा अझै केही बेपत्ता भएको आशंका

नेपालखबर
फागुन २३, २०८० बुधबार १२:४४, काठमाडौँ

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने सातजनामध्ये अहिलेसम्म दुई जनाको मात्रै सनाखत भएको छ। 

दुर्घटनामा मृत्यु भएका सातमध्ये दुई जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रशरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए। 

सनाखत हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका २ की ३२ वर्षीया रुबी श्रेष्ठ र काठमाडौँको चन्द्रागिरि नगरपालिका १० का ५५ वर्षीय देखा कटुवार रहेका डीएसपी जैसवालले जानकारी दिए।

 ‘मृतक ५ जनाको सनाखत हुन सकेको छैन। हामी मृतकको सनाखत गर्ने प्रयासमा छौँ। अझै त्रिशूली नदीमा केही मानिस बेपत्ता भएको आशंकामा खोजी कार्य पनि जारी नै छ,’ डीएसपी जैसवालले नेपालखबरसँग भने। 

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान करिब ४ बजे त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो। 

दुर्घटनामा परेर ३९ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका ९ का ३८ वर्षीय हरिराम हरिजन प्रहरीको नियन्त्रणमा छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .