नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले र आफ्नो पार्टीबीच कहिल्यै एकता हुन हुँदैन भन्ने नभएको बताएका छन्।
वामपन्थी एकताका पक्षमा वकालत गरिरहेका खनालले कार्यगत एकताका लागि सोच्नुपर्ने बताएका हुन्।
‘नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको बीचमा एकता कहिल्यै हुनु हुँदैन भन्ने छैन,’ खनालले भने, ‘अहिलेचाहिँ यो कार्यगत एकता हो। कार्यगत एकता आफैँमा एउटा महत्त्वपूर्ण स्टेप हो।’
यसरी अघि बढ्दा कम्युनिस्ट र वामपन्थी समूहमा पार्टी एकीकरणको सम्भावना रहेको बताएका छन्।
‘कमजोरी सबैका भएका छन्। ककसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो। तर विगतका कुराहरुको मतभिन्नतामा अल्झेर बस्नु पनि हुन्न,’ उनले भने।
नेताहरूमा भएका पूर्वाग्रह र इगो अन्त्य हुनुपर्ने उनले बताए।
48
Shares
प्रतिक्रिया