सत्ता गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि थपिएको छ।
गत सोमबार (फागुन २१ गते) मात्र बनेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धनमा एकीकृत समाजवादी पनि सामेल हुने भएको हो।
एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय पाउनेगरी नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो।
योसँगै वर्तमान सत्ता गठबन्धन पाँच दलीय भएको छ।
एकीकृत समाजवादी सचिवालय बैठकको निर्णयअनुसार उसले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने भएको छ।
एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले सचिवालय बैठकमा नयाँ गठबन्धनमा मिसिँदै सरकारमा जानेबारे छलफल भइरहेको नेपालखबरसँग बताएका छन्।
यसअघि नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन सरकारमा पनि एकीकृत समाजवादीले २ मन्त्री र १ राज्यमन्त्री लिएको थियो।
Shares
प्रतिक्रिया