नयाँ बनेको गठबन्धनबाट प्रधानमन्त्रीसहित नेकपा माओवादी केन्द्रले ६ मन्त्रालय पाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा मन्त्रीमा दोहोरिएका छन्। तर, सुदन किराती भने समेटिएनन्।
दोहोरिएकामध्ये कांग्रेस–माओवादी गठबन्धनमा क्रमशः गृह, ऊर्जा र सूचना तथा सञ्चार प्रविधि मन्त्री थिए।
सोमबार गठन भएको एमाले–माओवादी गठबन्धनमा पनि यी तीनै दोहोरिएका छन्।
जसमा श्रेष्ठको मान्त्रालय परिवर्तन भएको छ। उनले उपप्रधान एवम् परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्।
तर, कांग्रेस–माओवादी गठबन्धनमा पर्यटनमन्त्री रहेका सुदन किराती भने फालिएका छन्। उनले पाएको मन्त्रालय माओवादी केन्द्रकै नेता हितबहादुर तामाङले पाएका छन्।
‘सुदन किरातीबाहेक सबै मन्त्री दोहोर्याउने निर्णय भएको छ,’ एक नेताले नेपालखबरसँग भने, ‘नारायणकाजी श्रेष्ठजीलाई गृह दिने प्रयास सफल हुन सकेन। उहाँलाई परराष्ट्रमा लगिएको छ।’
स्रोतका अनुसार नारायणकाजी श्रेष्ठले मन्त्रीमा दोहोरिन मरिहत्ते गरेकै कारण अन्य मन्त्री पनि दोहोर्याउन प्रचण्ड बाध्य भएका हुन्।
Shares
प्रतिक्रिया