नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्मका नाममा द्वन्द्व मच्याउनेहरु सक्रिय हुन थालेको बताएका छन्।
नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भए पनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरू सक्रिय हुन थालेको ओलीले बताए।
‘जाति र धर्मका नाउमा द्वन्द्व निम्त्याउने कोसिस भइरहेको छ, यो नेपाल र नेपालीको लागि दुःखद कुरा हो। हामी सचेत हुनु पर्छ’बागलुङको पञ्चकोटमा ब्रमण्डीय महायज्ञको समापन समारोहलाई बुधबार सम्बोधनका क्रममा उनले भने ‘नेपाली धर्मका नाममा द्वन्द्व र काटाकाट गर्दैनन् । त्यो धर्म होइन।’
सर्वे भवन्तु सुखिन्, सर्वे सन्तु निरामय भन्ने वाक्यांशले नेपाली सबैलाई सुखी र खुसी बनाउने भन्दै उनले नेपालीहरूले मिलेर बस्ने धर्म मान्दै आएको बताए पनि दाबी गरे।
ओलीले मानिसको चेतना र भावनालाई ठीक पारे मान्छेद्वारा सिर्जित समस्या समाधान हुने बताए।
‘अहिले दुई खालका प्रयास भइरहेका छन्। मानिसलाई तनाव गराउनेहरू एकातर्फ सक्रिय छन् भने अर्कोतर्फ विज्ञहरूले यज्ञका माध्यामबाट सु-व्यवहारतर्फ लैजाने प्रयास गरिरहेका छन्', उनले भने, 'मानिस-मानिसबीच द्वन्द्व घटाउन धर्मका माध्यमबाट प्रेमभाव फैलाउने काम पनि भएका छन्।’
गौतम बुद्धका उपदेशको उदाहरण दिँदै ओलीले उनका मूर्ति तोड्ने, शास्त्र जलाउने र बुद्धमार्गी लखेट्नेहरू शान्तिका लागि बुद्धका उपदेश पढ्ने गरेको सुनाए ।
आफू प्रधानमन्त्री हुँदा पञ्चकोटको विकासका लागि १० करोड रुपैयाँ विनियोजन गरेको उनले स्मरण गरे।
उनले ढिलोचाँडो पञ्चकोटको विकासका लागि सरकारले दिएको बजेट आउने बताए।
Shares
प्रतिक्रिया