इलाम-२ को निर्वाचनमा उम्मेदवार बन्न मिलन लिम्बूले नेकपा आमोवादी केन्द्र परित्याग गरेका छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघको, केन्द्रीय सचिव रहेका उनी जसरी पनि उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको बताएका छन्।
कोसीमा भइरहेको पहिचानवादी आन्दोलनको मत आफूले पाउने उनको अपेक्षा छ।
स्वतन्त्र उम्मेदवारको रुपमा इलामका जनताले निर्वाचित गराउनेमा ढुक्क रहेको उनी बताउँछन्।
‘आम नेपालीजनको विकास, समृद्धि र परिवर्तनको चाहना तथा अपेक्षालाई नेपालका राजनीतिक दलहरूले गरेको उपेक्षालाई मध्यनजर गर्दै आजैका मितिबाट राजनीतिक आबद्धताबाट पूर्ण रूपमा अलग भएको सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा जानकारी गराउन चाहन्छु’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राजनीतिक आबद्धताबाट अलग भए पनि इलाम र इलामेली आमनागरिकको दुःख–सुखमा सँगै रहने प्रतिबद्धता व्यक्त गर्दछु।’
876
Shares
प्रतिक्रिया