पूर्वपर्यटनमन्त्री सुदन किरातीले चित्त बुझाउन नसक्नेले राजनीति नै गर्न नसक्ने बताएका छन्।
बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले आएका मन्त्रीहरू अनुभवी रहेको पनि बताए।
‘राजनीतिमा सधैँ चित्त बुझाउनुपर्छ। चित्त बुझाउन नसक्नेले राजनीति गर्न पनि सक्दैन। ठूलो चित्त हुनेले राजनीति गर्ने हो,’ उनले भने।
अहिलेको मन्त्रिमण्डल जटिल परिस्थितिमा बनेको उल्लेख गर्दै उनले अनुभवी मन्त्रीको आवश्यकता रहेको उनको धारणा थियो।
‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीहरूको आवश्यक्ता छ। यो जटिल काममा संकटमोचनको लागि पार गर्न लागि अनुभवी मन्त्री ल्याइएको होला। अहिले भएका मन्त्रीहरू मभन्दा पनि अनुभवी हुनुहुन्छ,’ किरातीले भने।
साथै, उनले आफू विवादित नभएको र जबरजस्ती विवादित बनाइएको प्रस्टीकरण पनि दिए। ‘म विवादित छैन, मलाई विवादित बनाइएको हो,’ किरातीले भने।
Shares
प्रतिक्रिया