ad ad

राजनीति


कांग्रेसलाई प्रचण्डको जवाफ– अरुसँग जानेबित्तिकै म बेइमान हुन्नँ

कांग्रेसलाई प्रचण्डको जवाफ– अरुसँग जानेबित्तिकै म बेइमान हुन्नँ

नेपालखबर
फागुन २४, २०८० बिहिबार १३:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले बेइमानी नगरेको दाबी गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको भन्दै अरुसँग जानेबित्तिकै त्यस्तो नहुने जिकिर गरे। 

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान भन्ने हुँदैन। सोझो भाषामा भन्न चाहन्छु, राजनीतिमा केही आशंका आएपछि यो भएको हो।’

साथै, उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटिको कारणले मैले यो कदम सोचेरै यो कदम चालेको बताए। 

‘कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ, भर्खरै मैले समाचारमा पढेँ। नेपाली कांग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पढेँ। यथार्थ के हो, अहिले नेपाली कांग्रेसका प्रतिनिधिले भन्नुहोला,’ उनले भने, ‘यसलाई मैले जसरी संक्षिप्तमा व्याख्या गर्ने कोसिस गरेँ, राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटीको कारणले मैले यो कदम सोचेरै चालेको छु।’

नयाँ सत्ता समीकरणलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाको आधारमा हेर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .