राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र सँगसँगै रहनुपर्ने भन्दै आफूहरूले राजाको कुरा उठाएर निरङ्कुशता नखोजेको बताएका छन्।
राजासहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अवधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको विषयले पनि कोही आत्तिनु नपर्ने बताए।
‘सबै धर्मलाई समान व्यवहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुँदैन, हामीले पहिचानको कुरा उठाएका हौं ,सर्वधर्म समभाव हाम्रो अवधारणा हो’ थापाले भने।
अहिलेको व्यवस्था र प्रणाली असफल भएको भन्दै यसको अन्त्य आवश्यक भएको थापाले दाबी गरे।
गठबन्धनको परिवर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अवस्था थप कमजोर हुँदै जाने समेत उनको कथन थियो।
पार्टी आबद्ध पूर्वप्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले पूर्वप्रहरीहरूको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको समेत बताए।
कार्यक्रमबाट संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरूमा जिल्ला अध्यक्षहरुको जिम्मेवारी तोकिएको जानकारी दिए।
Shares
प्रतिक्रिया