ad ad

राजनीति


चिनियाँ राजदूतले पनि भेटे परराष्ट्रमन्त्री श्रेष्ठलाई

चिनियाँ राजदूतले पनि भेटे परराष्ट्रमन्त्री श्रेष्ठलाई

नेपालखबर
फागुन २४, २०८० बिहिबार १८:७, काठमाडौँ

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले भेट गरेका छन्।

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर राजद्तले छन् सोङले भेटेर मन्त्री श्रेष्ठलाई बधाइ दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिए।

त्यस क्रममा चिनियाँ राजदूतले सरकारसँग मिलेर द्विपक्षीय हितका काम गर्न चीन सधैँझैँ तत्पर रहेको बताएका थिए।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले बताएको छ।

बिहान भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .