शिवरात्रीको अवसरमा सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४सै घन्टा स्वास्थ्य सेवा प्रदान गरेको छ।
बिहीबार बिहान १० बजेदेखि शनिबार बिहान ६ बजेसम्म हेल्थडेक्स स्थापना गरि भक्तजनको सेवा प्रदान गरिने एपीएफले जनाएको छ।
डाक्टरसहितको एम्बुलेन्स समेत पशुपतिनाथ मन्दिर परिसरमा तयारी अबस्थामा राखिएको छ। भक्तजनहरुलाई सामान्य स्वास्थ्य समस्या भएमा त्यहीँनै उपचार गरिने छ भने थप उपचार चाहिएमा एम्बुलेन्स मार्फत नेपाल एपीएफ अस्पताल बलम्बु ल्याइने छ।
शिवरात्री अवधिभर २६ गतेसम्म सुरक्षार्थ पशुपति मन्दिर परिसरमा १ हजार ३ सय बढी सशस्त्र प्रहरी बलको फौज तैनाथ हुने सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
33
Shares
प्रतिक्रिया