ad ad

राजनीति


मुद्दा चलिरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

मुद्दा चलिरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

नेपालखबर
फागुन २४, २०८० बिहिबार १९:१५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्मा (राजेश विक)ले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताएका छन्।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति प्रकट गरेका हुन्।

उनले मन्त्रिमण्डल बिस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए।

उनले भने, ‘मन्त्रिमण्डल बिस्तार गर्ने क्रममा जुन व्यक्तिको उपर अदालतमा मुद्दा चलिरहेको छ। त्यो मुद्दाको किनारा लागेको छैन, नागरिकता, दोहोरो पासपोर्टका सवालहरु छन्। सहकारीमा घोटाला भएका मुद्दाहरु जीवितै छ। स्वयं उही व्यक्तिलाई गृहमन्त्रालय सुम्पिने काम भएको त्यो स्वभाविक रुपमा स्वीकार्न सकिने कुरा होइन। यसमा हाम्रो पार्टीको आपत्ति छ।’

सांसद विश्वकर्माले प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गर्नुभएको हो? भन्दै प्रश्नसमेत गरे।

उनले भने, ‘हिजो के कारणले गठबन्धन भएको थियो र आज राजनीतिक समीकरण बदलेर हाम्रो प्रधानमन्त्रीलाई रातारात के त्यस्तो दबाब आयो, उहाँले थेग्न सक्नुभएन र समीकरण बदल्नुभयो, यो आश्चर्य लागेको छ।’

उनले नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भूमिका खेल्न सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .