ad ad

राजनीति


राप्रपा कार्यालयमा ठाकुरमोहन कुटिएको घटनाको अनुसन्धान गर्दै प्रहरी

राप्रपा कार्यालयमा ठाकुरमोहन कुटिएको घटनाको अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
फागुन २८, २०८० सोमबार १३:५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यसम्पदान समिति सदस्य ठाकुरमोहन श्रेष्ठलाई आइतबार गरिएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सशस्त्र प्रहरी बलका पूर्वएआईजीसमेत रहेका श्रेष्ठले दिएको निवेदनका आधारमा प्रहरीले राप्रपाको धुम्बाराहीस्थित कार्यालयमा भएको उक्त घटनाको अनुसन्धान अघि बढाएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकका क्रममा श्रेष्ठलाई कुटपिट गरिएको थियो।

उनलाई राप्रपाकै महामन्त्री विक्रम पाण्डे समर्थकहरूले पार्टी कार्यालयमै मुक्का हानेका थिए। श्रेष्ठले बैठकमा बोल्ने क्रममा पाण्डेलाई ‘भ्रष्टाचारी’ को आरोपसहित कडा टिप्पणी गरेका थिए। 

उता पाण्डेले आफूलाई भ्रष्टाचारी भनेको भन्दै ठाकुरमोहनमाथि खनिएका थिए। त्यसपछि पाण्डे आक्रोशित भएपछि उनका समर्थक श्रेष्ठमाथि खनिएका थिए।

आरोप-प्रत्यारोपले बैठकमा तनाव हुँदा अध्यक्ष राजेन्द्र लिङ्देनले हस्तक्षेप गरेर दुवै नेतालाई सम्झाएका थिए।

बैठकमै अध्यक्ष लिङ्देनले यस प्रकरणलाई गम्भीर रुपमा लिने भनेका थिए। त्यसपछि अन्य नेताहरूले पनि पाण्डेलाई लगाएको आरोपबारे दु:ख जनाएका थिए।

बैठकमा भनाभन भएपछि नेताहरू निस्किने क्रममा श्रेष्ठ कुटिएका थिए। त्यहाँ रहेका सांसद दीपक सिंहसहितले श्रेष्ठलाई जोगाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .