ad ad

राजनीति


राप्रपा नेपालमा प्रवेश गरिन् पूर्वमन्त्री दुर्गा श्रेष्ठ

राप्रपा नेपालमा प्रवेश गरिन् पूर्वमन्त्री दुर्गा श्रेष्ठ

नेपालखबर
फागुन २८, २०८० सोमबार १४:२३, काठमाडौँ

पूर्वमन्त्री दुर्गा श्रेष्ठ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेकी छन्।

श्रेष्ठ तत्कालीनतनहुँ विकास समितिको सभापति पनि भएकी थिइन्। 

श्रेष्ठ राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते शासन हातमा लिएपछि मन्त्री भएकी थिइन्। उनी २०६१ माघ २० गतेदेखि २०६२ मंसिर २२ गतेसम्म मन्त्रीका रुपमा थिइन्।

श्रेष्ठसहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी, काठमाडौं महानगर समितिका सह-सचिव सन्तोष रायमाझी, दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, अवकास प्राप्त प्रहरी अधिकारी विजयप्रताप शाह, नेपाली सेनाका अवकाश प्राप्त कृष्णजङ्ग बहादुर सिंह,ब्यवसायी तथा समाजसेवी शुभाष विष्ट लगायत दर्जनौ राप्रपा नेपाल प्रवेश गरेका हुन्।

राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई सदस्यता दिएर स्वागत गरे। 

नवप्रवेशी श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रवादी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने बताइन्।

राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू आवद्ध भएको उनले बताइन्। 

पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा  कामको जिम्मेवारी र भूमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे।

राप्रपा नेपालमा प्रवेश गरेकी श्रेष्ठ २०७८ मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएकी थिइन्।

त्यसबेला उनी कमल थापा नेतृत्वको प्यानलबाट चुनावी मैदानमा थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .