राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले सबै दलहरूसँग समन्वय गर्दै अघि बढ्ने बताएका छन्।
बुधबार भएको अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनको साथबाट विजयी भएका उनले चुनौतीहरूको सामना गर्दै सफल हुने बताए।
‘जुन भावना र चाहनाका साथ यो पदमा पुर्याइएको छ, त्यो पूरा गर्न लाग्नेछु’, उनले भने, ‘जहाँ चुनौती छ, त्यहीँबाट सफल हुने हो। आफ्नो दायित्व बुझेर प्रभावकारी भूमिका निर्वाह गर्नेछु।’
माओवादी केन्द्रबाट उम्मेदवारी दिँदै विजयी भएका दाहालले सत्ता र प्रतिपक्ष दुवैलाई मिलाएर अघि बढ्ने बताए।
‘सत्ता र प्रतिपक्ष दुवैतर्फका सबै सांसदलाई एकै ठाउँमा राखेर समन्वय गर्दै अघि बढ्ने कुरामा विश्वस्त छु’, उनले भने, ‘राष्ट्रिय सभालाई ओझपूर्ण बनाउन लाग्नेछु।’
78
Shares
प्रतिक्रिया