राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रूपमा मात्रै राखेर अगाडि जान नसकिने बताएका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य सिटौलाले राष्ट्रिय सभालाई प्रबुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रूपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रिय सभा अगाडि जान नसक्ने बताएका हुन्।
उनले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रुपमा बसेर देशको राजनीतिक कोर्सलाई सही बाटोमा अगाडि बढाउन आवाज उठाउने बताए। कांग्रेस संविधानभित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको उनको भनाइ थियो।
उनले भने, ‘हामी नेपाली कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउनको लागि जनताको हितमा निरन्तर आवाज उठाइरहने छौँ। नेपाली कांग्रेसले यो संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ। र राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्छ भन्ने मूल मान्यतामा रहेर हामी आफ्नो जनताको हितमा आवाज उठाउँछौँ।’
Shares
प्रतिक्रिया