ad ad

राजनीति


प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रधानमन्त्रीको प्रस्तावमा छलफल


नेपालखबर
फागुन ३० , काठमाडौँ

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन्। 

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेका हुन्। 

अहिले साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। सो दलले प्रचण्डप्रतिको विश्वासको मत फिर्ता लिएको छ। सत्ता सहयात्री दलले विश्वासको मत फिर्ता लिएमा एक महिनाभित्र संसदबाट पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

कांग्रेसले विश्वासको मत फिर्ता लिएपनि अहिले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन्। प्रचण्डलाई पाँच दलले विश्वासको मत दिने तयारी गरेका छन्।  

गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेका छन्।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी छन्।

फागुन ३०, २०८० बुधबार ११:२२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .