प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद सुशिला थिङले विवादास्पतद व्यक्ति मन्त्री बनेको भन्दै विरोध गरेकी छन्।
सोमबार बसेको बैठकमा उनले सहकारी ठगी प्रकरणमा नाम जोडिएका रास्वपाका सभापति रवि लामेछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति प्रकट गरिन्।
‘विवादास्पद मन्त्रीका कुरा उठिरहेको छ। सरकारको तर्फबाट बिबादास्पद मन्त्रीलाई कारवाही गरेको सेन्समा सम्बोधन गरेर आएको भन्नुभयो। तर उहाँले उथलपुथल गरेर ल्याउनुभएछ। सहकारी ठगमा जोडिएकालाई ल्याएर साँच्चै उहाँले उथलपुथल गर्नुभएछ। कानुन नै उथलपुथल हुनेगरी गृहमन्त्री बनाउनुभएछ। उहाँलाई कसरी मन्त्री बनाएर ल्याउने?’ सम्बोधनको क्रममा थिङले भनिन्।
6
Shares
प्रतिक्रिया