ad ad

राजनीति


म प्रतिवाद गर्न चाहन्थेँ, तर संसद् आरोप-प्रत्यारोप गर्ने ठाउँ होइन : प्रचण्ड

म प्रतिवाद गर्न चाहन्थेँ, तर संसद् आरोप-प्रत्यारोप गर्ने ठाउँ होइन : प्रचण्ड

नेपालखबर
फागुन ३०, २०८० बुधबार ११:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स‌ंसद् आरोप र प्रत्यारोप गर्ने थलो नभएको बताएका छन्।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै संसद्‌मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताएका हुन्। 

“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्थेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ।”

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसद्‌मा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .