ad ad

राजनीति


रेशमसँग विवादबीच रञ्जिता सत्तापक्षको बेन्चमा

रेशमसँग विवादबीच रञ्जिता सत्तापक्षको बेन्चमा

फाइल तस्बिर


नेपालखबर
फागुन ३०, २०८० बुधबार १३:१४, काठमाडौँ

पति एवम् नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसँगको विवादबीच संघीय सांसद रञ्जिता श्रेष्ठ प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षको बेन्चतर्फ बसेकी छन्।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास लिन बोलाइएको प्रतिनिधिसभाको बैठकमा उनी सत्तापक्षको बेन्चमा बसेकी हुन्।

उनी प्रतिनिधि सभामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका सांसदहरूसँगै बसेकी छन्।

उनले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई ह्वीप लगाएकी थिइन्। तर रेशमले भने बहुमत केन्द्रीय सदस्यको बैठकको निर्णय भन्दै सरकारमा जान नहुने पक्षमा उभिएका छन्।

उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै आफूले श्रीमतीलाई सम्झाउन नसकेको भन्दै चित्त दुखाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .