राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जोखिम मोलेरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आफूहरू सहभागी भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको हुटहुटी देखेर केही काम गर्नैका लागि सरकारमा गएको बताएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जोखिम मोलेर गएको छ। राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्छ,’ उनले भने, 'राजकाजको अभ्यासका लागि हामीलाई अनुभव चाहिन्छ। अनुभव गरेर अर्को चुनावको तयारीमा जानुपर्छ।'
चेस खेल खेल्दा गोटी चाल्नैपर्ने बताउँदै उनले ३ महिनाअघिसम्म प्रधानमन्त्रीसँग संवादमा रहेको बताए।
‘हामीलाई पूर्वआभास थियो। ३ महिना अगाडि प्रधानमन्त्रीसँग संवादमा थियौँ। सरकार र गठबन्धनप्रति उहाँको सही जवाफ आएन। चेस खेल्न गएपछि गोटी चाल्नैपर्छ। ऊँट, घोडा, हात्ती र रानी नै लगाएपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म हामी पुग्न चाहन्छौँ,’ उनले भने।
नयाँ पार्टी हो, सरकारमा नगएर बसेको भए हुन्थ्यो भन्ने बहस पनि भइरहेको सन्दर्भमा उनको यस्तो जवाफ आएको हो।
Shares
प्रतिक्रिया