अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानुन विभाग सदस्य मनोनीत भएका छन्।
एमाले महासचिव शंकर पोखरेलले सुहाङलाई गत फागुन ३ गते बसेको केन्द्रीय सचिवालयको बैठकले कानुन विभाग सदस्य मनोनीत गरेको बताएका हुन्।
सुहाङ नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन्।
कानुन व्यवसायीका रुपमा सक्रिय उनी फुटबल क्लब पनि चलाउँछन्।
सुवासचन्द्रको निधनसँगै इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि सुहाङ एमालेबाट उम्मेदवारका रुपमा बलिया दाबेदार हुन्।
273
Shares
प्रतिक्रिया