प्रतिनिधि सभामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पेस भएको छ।
बिहीबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशसनमन्त्री भानुभक्त जोशीले विधेयक पेस गरेका हुन्।
गत फागुन २१ गते संसद्मा दर्ता गरिएको यो विधेयक बिहीबार मन्त्री जोशीले बैठकसमक्ष पेस गरेका हुन्।
निजामती कर्मचारीलाई राजनीतिक रुपमा तठस्थ, पेसागत रुपमा सक्षम, समावेशी, व्यवासायिक, नैतिकवान बनाइ राज्यका तर्फबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन यो विधेयक ल्याइएको मन्त्री जोशीले बताए।
प्रतिनिधिसभा नियमावाली अनुसार अब यो विधेयक अर्को बैठकमा सामान्य छलफल हुन सक्नेछ।
15
Shares
प्रतिक्रिया