ad ad

राजनीति


पहिले र अहिलेका दुवै सत्तागठबन्धन सिद्धान्तहीन : प्रेम सुवाल

पहिले र अहिलेका दुवै सत्तागठबन्धन सिद्धान्तहीन : प्रेम सुवाल

नेपालखबर
चैत १, २०८० बिहिबार १६:८, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) कम्युनिष्ट भए पुँजीवादी सरकारमा जानु नहुने बताएका छन्।

संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुने भएपनि अहिलेको सत्ता गठबन्धन राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा कुनै भिन्नता नरहेको देखिएको बताए।

उनले विगतको सत्ता गठबन्धन र अहिलेको सत्ता गठबन्धन सिद्धान्तहीन रहेको बताए।

उनले भने, ‘राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुन्छ। सत्ता गठबन्धनको हेर्दाखेरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा कुनै भिन्नता देखेनौँ। त्यस्तै आन्तरिक मामिला र विदेश मामिला, आर्थिक मामिलामा पनि कुनै भिन्नता देखेनाैँ। पार्टी फरक हुनुको अर्थ आर्थिक विषय पनि फरक हुनुपर्दथ्यो। एउटै विषय हो भने पार्टी अलगअलग किन चाहियो?’

सांसद सुवालले एमाले र माओवादीले आफूलाई कम्युनिष्ट भन्ने गरेको भएपनि कम्युनिष्टहरूको सिद्धान्तमा नहिँडेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .