ad ad

राजनीति


कांग्रेसले लगाएका आरोपको जवाफ दिने मौकाको पर्खाइमा छु : उपप्रधानमन्त्री लामिछाने

कांग्रेसले लगाएका आरोपको जवाफ दिने मौकाको पर्खाइमा छु : उपप्रधानमन्त्री लामिछाने

नेपालखबर
चैत २, २०८० शुक्रबार १९:१९, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको बताएका छन्।

शुक्रबार सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै कांग्रेसले सदन अवरुद्ध पारेपछि उनले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनसाथ सदनमा दिने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले सदनमा मौका पाउनेबित्तिकै आफूमाथि उठेका प्रश्नसहित कांग्रेसलाई ९ मिनेट १८ सकेन्ड पढाउने इच्छा रहेको बताए।

संसद भवन परिसरमा उनले भने, ‘अब मैले संसदमा समय पाएपछि नेपाली कांग्रेसले उठाएको कुरा के रहेछ, त्यसको वास्तविकता के रहेछ, राम्रोसँग बताइदिन्छु। अनुसन्धानमा कुनै प्रभाव हुन दिन्न। कसैसँग सम्झौता हुँदैन। सुशासनको कुरामा यो, ऊ, सानो माछा होस, भ्यागुता होस्, त्यसमा कुनै पनि किसिमको कम्प्रमाइज हुँदैन। मलाई विश्वास छ, कांग्रेसजस्तो लोकतान्त्रिक दलले सदनमा विधेयक नै प्रस्तुत गर्न नदिने भनेजस्तो कुरालाई निरन्तरता दिने छैन। र, के विषय उठाएको छ। त्यसको मेरिट के हो, त्यो कहाँ उठिएको छ, त्यो के हो, कस्तो उजुरी हो? कसले गराएको हो, कहाँ छ, के छ? त्यति कुराचाँहि एकपटक सदनमा मौका पाए भने नेपाली कांग्रेसलाई पढाउने इच्छा छ नौ मिनेट १८ सेकेन्डमा।’

उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनको पक्षमा काम गर्दै जाने र त्यसो गर्दा जसले राजीनामा मागे पनि नेपाली जनताले दिएको म्याण्डेटको शक्तिमा काम गरिरहने बताए। उनले सुन तस्करीमा संलग्न जो कोहीलाई कारबाही हुने र त्यसको प्रक्रिया आजैबाट शुरु गरिएको पनि बताए।

उनले थपे, ‘आयोगले दिएको प्रतिवेदनमा भएका विषयबस्तुमा टेकेर रिइन्भेष्टिगेशन हुन्छ। जजसलाई उन्मुक्ति दिन खोजिएको छ। उन्मुक्ति दिनेहरुमाथि पनि कारबाही हुन्छ। उन्मुक्ति पाएकाहरुले केही समय रमाए होलान्। कोही रमाउन पाउँदैन। कोही छुट्दैन। कहीँ कसैले प्रभावित पारेको छ भने त्यसलाई निर्ममतापूर्वक घेरिनेछ। म कति दिन गृहमन्त्री हुन्छु भन्ने मलाई थाहा छैन। तर मेरा लागि आजको दिन अन्तिम दिन हो भने पनि म आज आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न प्रतिबद्ध भएर आएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .