ad ad

राजनीति


नयाँ मन्त्रीहरूप्रति बालेनको व्यंग्य: स्वास्थ्य मन्त्रालयका भाइले भनेको कुरा गलत होस्

नयाँ मन्त्रीहरूप्रति बालेनको व्यंग्य: स्वास्थ्य मन्त्रालयका भाइले भनेको कुरा गलत होस्

फाइल तस्बिर : मेयर बालेन्द्र (बालेन) शाह


नेपालखबर
चैत ४, २०८० आइतबार ७:१, काठमाडौँ

केन्द्रीय सरकार र नेताविरुद्ध बारम्बार कटाक्ष गरिरहने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नयाँ मन्त्रीहरूलाई पनि व्यंग्य गरेका छन्। 

उनले स्वास्थ्य मन्त्रालयमा भएका एकजना डाक्टरले भनेको भन्दै नयाँ मन्त्रीहरूबारे टिप्पणी गरेका हुन्। 

साथै उनले आफूले सुनेको कुरा गलत होस् पनि भनेका छन्।  

‘नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर गोजी भरेर निस्किनु पर्ने छ रे, सरकार जति दिन टिक्छ’, मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका  छन्, ‘स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसा’बको कुरा! मैले सुनेको कुरा गलत होस्। म आशावादी छु सरकारप्रति।’

मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई नै व्यंग्य गर्न खोजेका हुन् भनेचाहिँ अहिले स्वास्थ्यमन्त्री जसपा अध्यक्ष उपेन्द्र यादव छन्। 

सबै नयाँ मन्त्रीविरुद्ध नै उनको कटाक्ष हो भने यही फागुन २१ गते एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनेपछि बनेका मन्त्री अरू पनि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .