ad ad

राजनीति


राजेन्द्र लिङ्देनको दाबी : राप्रपा बाहेक सबै दल जनताको अग्नि परीक्षामा असफल भए

राजेन्द्र लिङ्देनको दाबी : राप्रपा बाहेक सबै दल जनताको अग्नि परीक्षामा असफल भए

नेपालखबर
चैत ५, २०८० सोमबार १६:३४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको दाबी गरेका छन्।

सोमवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष लिङदेनले यस्तो दाबी गरेका हुन्।

उनले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेको बताए।

अध्यक्ष लिङदेनले मधेसको नेतृत्व गर्ने पार्टीहरुले गएको १५ वर्षमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरुबाट ५० जना नेताहरू मन्त्री हुने मौका पाएको तर मधेसका जनताको लागि काम गर्न नसकेको आरोप लगाए।

उनले भने, ‘मधेसको मात्रै कुरा गर्ने हो भने गएको १५ वर्षमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएको डेढ दशकमा मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरुबाट ५० जना नेताहरु मन्त्री हुने मौका पाए। मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गर्यो। ११७ जना मानिसहरुले साहदत प्राप्त गरे। तर मधेसको अवस्था के छ तपाईहरुलाई थाहा छ।’

लिङ्देनले मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नभएको उल्लेख गरे। उनले अब क्षेत्र र जातको कुरा गरेर जनताले विश्वास गर्ने अवस्था नभएको भन्दै  जनताको आशा राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ रहेको दाबी गरे।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विचार ठिक भएको भन्दै राप्रपाले जनतालाई विश्वास दिलाउन मेहनत आवश्यक रहेको बताए। उनले मधेश प्रदेश कमिटी र जिल्ला नेतृत्वलाई जनताको बीचमा जान आग्रह गरे।

उनले जिल्ला तहको नेतृत्वले कार्ययोजना बनाएर काम गर्न निर्देशन पनि दिए। उनले आगामी २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले मधेशबाट व्यापक सहभागिता र सहयोग आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .