ad ad

राजनीति


लेखनाथ न्यौपानेको गुनासो: मलाई प्रचण्डविरोधी भनेर आरोप लगाउने गरिएको छ

लेखनाथ न्यौपानेको गुनासो: मलाई प्रचण्डविरोधी भनेर आरोप लगाउने गरिएको छ

नेपालखबर
चैत ६, २०८० मंगलबार १०:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले सुन तस्करी प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पार्टीप्रति कटाक्ष गरेका छन्।

माओवादी पार्टीभित्र झाँगिएको विकृतिविरुद्ध आवाज उठाउँदा आफूलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डविरोधी भनेर आरोप लगाउने गरिएको गुनासो पनि न्यौपानेले गरेका छन्।

माओवादी पनि ‘उही ड्याङको मूला हो’ भन्ने सर्वसाधारणको भनाइलाई चरितार्थ हुन नदिन आफूले विरोध गर्दा प्रचण्ड पक्षधर भनिनेहरूले आफूलाई ठाउँठाउँमा बहिष्कार गरेको गुनासोसमेत नेता न्यौपानले गरेका छन्।    

‘विकृतिको केन्द्र सत्ता हो, चाहे हिजोको नयाँ सत्ता होस् चाहे हिजो हामीले भन्ने गरेको आजको पुरानो सत्ता होस्। जोजो पटकपटक लाभको पदमा गए वा लामो समयसम्म एउटै पदमा बसे, विकृति झ्याँगिएको त्यहीँ छ। पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग हो, यसमा त्यत्रो सपना र बदिलानबाट आएको माओवादी पनि उहीँ ड्याङको मूला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै  पार्टीभित्र र बाहिर राख्दै आएको हो निरन्तर’, न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसकारण मलाई प्रचण्डविरोधी भनेर आरोप लगाउने गरिएको छ। जिल्लाहरू जान नदिनेगरी अवरोध गर्ने र कुनै कार्यक्रममा जाँदा कसले बोलायो यसलाई भनेर आयोजकलाई झपार्ने गरेको सुनेको छु, जसले आफूलाई प्रचण्डको खास मान्छे भन्दै शासन चलाएका छन्।’

नाम नलिईकन उनले महरा पक्राउ परेपछि उनीहरूले के सोच्दै होलान् भनी कटाक्ष गरेका छन्। 

‘दुःख लाग्छ, यस्ताहरूले माओवादी आन्दोलनको नेत्तृत्व गरेपछि हुने यस्तै हो’, उनले भनेका छन्। 

पूर्व सभामुखसमेत रहेका माओवादी उपाध्यक्ष महरालाई सोमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो। हाल उनी काठमाडौँस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। अदालतले हिरासतमा राख्न अनुमति दिएको भए पनि बिरामी भएका कारण उनलाई अस्पताल लगिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .