प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य निवेश यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।
मंगलबार जसपा केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादवले यादवसहितका आजपा नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरे।
आजपा केन्द्रीय सदस्य यादव पार्टीको केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख तथा आजपानिकट युवा संगठन आईटी आर्मीका उपाध्यक्ष थिए।
आजपा अध्यक्ष प्रभु साह शहरी विकास मन्त्री रहँदा उनका प्रेस सल्लाहकारसमेत भएका यादव उनको सचिवालय सदस्यसमेत हुन्।
जसपा प्रवेशपछि प्रतिक्रिया दिँदै यादवले प्रभु साहको पार्टीको स्पष्ट विचार, नीति तथा गन्तव्य नरहेकोले जसपा रोजेको बताए।
मधेशी, जनजाति, आदिवासी लगायतका उत्पीडितको लागि निरन्तर लडिरहेको पार्टी भएकोले जसपा प्रवेश गरेको उनले बताए।
निवेश यादव जसपाका केन्द्रीय नेता एवम् मधेश प्रदेशका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवका गृहनगर राजदेवी नगरबासी हुन्।
Shares
प्रतिक्रिया