आफ्नो नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आज आम आदमी पार्टी (आप) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास घेराउ गर्ने घोषणा गरेको छ।
मदिरासम्बन्धी नीति प्रकरणमा मुख्यमन्त्री केजरीवाल हाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा छन्।
त्यसको विरोधमा आम आदमी पार्टीका नेता/कार्यकर्ताले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास घेराउ गर्ने भएका हुन्।
तर दिल्ली प्रहरीले विरोध प्रदर्शनका लागि अनुमति नदिएको समाचार एजेन्सी एएनआईले जनाएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री निवास वरिपरि सीआरपीसी को धारा १४४ लगाइएको छ। पटेल चोक मेट्रो स्टेसननजिकै सुरक्षा व्यवस्था कडा पारिएको छ।
#WATCH | Security heightened with the deployment of police outside Patel Chowk metro station, in view of AAP's PM residence 'gherao' protest against the arrest of Delhi CM Arvind Kejriwal in liquor policy case. pic.twitter.com/PFkdhqeaUc
— ANI (@ANI) March 26, 2024
दिल्ली ट्राफिक पुलिस अधिकारीले यस अवधिमा नयाँ दिल्ली र मध्य दिल्लीका धेरै स्थानमा यातायात प्रभावित हुन सक्ने बताएका छन्।
आम आदमी पार्टीले आइतबार पनि विरोध प्रदर्शन गरेको थियो। दिल्लीका मन्त्री गोपाल राईले केजरीवाललाई गिरफ्तार गरिएकामा नागरिक आक्रोशित भएको बताए।
Shares
प्रतिक्रिया