प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता सुरु भएको हो। कांग्रेससँगको सत्ता गठबन्धन टुटेपछि यी तीन शीर्ष नेताबीच पहिलोपटक भेटवार्ता भएको हो।
शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
शान्ति प्रक्रियासँग सम्बन्धित र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा पनि गम्भीर छलफल हुन लागेको प्रधानमन्त्रीले शनिबार आयोजित एक कार्यक्रममा बताएका थिए।
प्रधानमन्त्री प्रचण्डले सकेसम्म आफ्नो कोसिस राजनीतिक दलहरू सबैलाई सहमतिमा ल्याएर राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु रहेको पनि बताएका थिए।
यसैबीच प्रधानमन्त्री प्रचण्डले आइतबार (भोलि) संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
Shares
प्रतिक्रिया