संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो। उजुरीका लागि १० दिनको समय दिइएको छ।
आइतबार बिहान संवैधानिक परिषद्ले महालेखापरीक्षकमा नेपाल सरकारका बहालवाला सचिव तोयम रायालाई सिफारिस गरेको थियो। उनी अर्थ मन्त्रालयका पूर्वसचिव पनि हुन्।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिबाट उनी महालेखापरीक्षक नियुक्त हुनेछन्।
30
Shares
प्रतिक्रिया