ad ad

राजनीति


पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने अवस्था छ : नेत्रविक्रम

पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने अवस्था छ : नेत्रविक्रम

नेपालखबर
चैत १९, २०८० सोमबार १७:४१, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताएका छन्।

सोमवार पार्टीले काठमाडौंमा आयोजना गरेको शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले देशमा पार्टीको अनुशासन लागू गर्ने समय नभएको बताएका हुन्।

उनले कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताए। पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने पनि उनले स्पष्ट पारे। उनले जनताले नयाँ चिज खोजिरहेको भन्दै जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने बताए।

उनले भने, ‘कुनै पार्टीको अनुशासनले कसैलाई छेक्नेवाला छैन अब। सबैले बुझ्नुपर्छ। पार्टीको अनुशासन लागू गर्ने समय अब नेपालमा छैन। पार्टीको आदेशमा पुरानै तरिकाले राजनीति चल्नेवाला छैन। सब मान्छे तरंगित छ अहिले नेपालमा। सहरको बुद्धिजिवीदेखि मध्यमवर्ग, व्यवसायीदेखि लिएर गाउँसम्मको सामान्य किसानपनि नयाँ चिजको प्रतिक्षा र खोजीमा दौडिरहेको छ।’

महासचिव चन्दले एक्लैएक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने समय पनि नभएको बताए। उनले एकतावद्ध भएर देशलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए।

महासचिव चन्दले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरुले माथि उठाउने बताए। उनले साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट पार्टीको झण्डालाई निरन्तर उठाइरहने बताए। उनले क्रान्तिको झण्डालाई कहिल्यै झुक्न नदिने पनि बताए।

महासचिव चन्दले आफूहरुले जनताको सेवक बनेर काम गर्ने बताए। चुनावको अधिकार प्रयोग गरेर मात्रै जनताको सेवा नहुने भन्दै चुनाव बाहिर बसेर पनि निरन्तर जनताको सेवा गर्न सकिने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .