नागरिक उन्मुक्ति पार्टी (नाउपा)का गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङलाई पनि सो पार्टीबाट निष्काशित भएका छन्।
नाउपाकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले विज्ञप्ति जारी गर्दै गुरुङलालाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएकी हुन्।
यसअघि बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ पनि निष्काशनमा परेका थिए।
संस्थापक केन्द्रीय सदस्यद्वय रामलाल डगौरा र रमेश विकमाथि पार्टी बैठकमै आक्रमण गरेको आरोपमा अध्यक्ष रञ्जिताले पार्टीबाट निष्काशन गरेकी हुन्।
२१ फाागुनमा सत्ता गठबन्धन फेरबदल भएपछि गठबन्धनका विषयमा हाल नाउपामा रेशमलाल चौधरी र उनकी पत्नीसमेत रहेकी अध्यक्ष रञ्जिताबीच तीव्र मतभेद छ।
सोमबार काठमाडौँको अनामनगरमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट भएको थियो।
339
Shares
प्रतिक्रिया