उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले रिक्त एक समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेकव छ।
बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बसेको बैठकबाट समानुपातिक सांसदका लागि खानको नाम सिफारिस गरेको प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
उनका अनुसार समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई प्रतिनिधसभामा लैजाने निर्णय गरेको हो।
बैठकमा आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका साथै पार्टीको राष्ट्रिय महाधिवेशनलगायत विषयमा पनि छलफल भएको उनले बताए।
117
Shares
प्रतिक्रिया