ad ad

राजनीति


बुधबारदेखि इलाम २ र बझाङमा निर्वाचन आचारसंहिता लागू हुँदै

कडाइका साथ अनुमगन गर्न निर्देशन
बुधबारदेखि इलाम २ र बझाङमा निर्वाचन आचारसंहिता लागू हुँदै

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०८० मंगलबार १८:३, काठमाडौँ

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबारदेखि सम्बन्धित निर्वाचन क्षेत्रमा आचारसंहिता लागू हुने भएको छ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा गर्न बुधबारदेखि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा  आचारसंहिता लागू गर्ने निर्णय भएको हो।

निर्वाचन आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिका आधारमा इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय भएको हो। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम त्यसको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चबारे नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र लिई तत्काल कारबाही गर्न पनि निर्देशन दिइएको छ।

यसैगरी राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारणअन्तर्गत जुलुस, आमसभा, कोणसभा, बैठक र भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग, सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण लिन पनि आयोगले भनेको छ।

आयोगस्थित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको तयारीबारे पनि समीक्षा गरेको पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .