डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले पार्टी छाडेका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पाण्डेले पार्टी छाडेको घोषणा गरेका हुन्।
‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएको छु,’ पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्।
यसअघि पूर्वमन्त्रीसमेत रहेका संघीय सांसद महेन्द्र राय यादव, बागमती प्रदेशका सांसद गंगानारायण श्रेष्ठसहितका नेताले पनि बाबुराम भट्टराईको साथ छाडेका थिए।
276
Shares
प्रतिक्रिया