नेकपा एमाले र माओवादी केन्द्रले इलाम-२ मा यही वैशाख ५ गते सयुक्त सभा गर्ने भएका छन्।
देउमाई नगरपालिका मंगलबारेमा सभा आयोजना गर्न लागिएको इलाम एमालेका उपाध्यक्ष उदय राईले नेपालखबरलाई जानकारी दिए।
उक्त सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षस्थ नेताहरू सहभागी हुने कार्यक्रम छ।
राईलाई पार्टीले निर्वाचन क्षेत्रको वस्तुस्थिति र अवस्थाबारे अनुगमन गर्न जिल्ला उपाध्यक्ष उदय राईलाई जिम्मेवारी दिइएको छ। उनी अहिले चुनावी प्रचारकै काममा छन।
सभामा एमाले अध्यक्ष केपी ओली, उपप्रधान एव भौतिकमन्त्री रघुवीर महासेठ लगायतका नेताहरू पुग्ने कार्यक्रम तय भएकाे स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन्।
एमालेले तुम्बाहाङ्फेलाई इलामको चुनावी कमान्डर बनाएको छ। उनी गएकाे चैत २२ गतेदेखि लगातार इलाममै छिन्।
सोही सभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई समेत लाने तयारी थियो। तर प्रचण्ड सहभागी हुने वा नहुनेबारे तय भैसकेको छैन। आगामी १५ वैशाखमा इलाम-२ मा उपनिर्वाचन हुँदैछ।
२५ वर्षदेखि एमालेले जित्दै आएको सो क्षेत्रमा यस पटक पनि जित्नेगरी योजना बनाइएको तुम्बाहाङ्फेको भनाइ छ।
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। सुहाङका बुवा स्व.सुवास नेम्वाङले लगातार २५ वर्षदेखि यो क्षेत्र जित्दै आएका थिए।
उनकै छोरालाई उठाउँदा जित्न सकिने आकलनसहित एमालेले ३२ वर्षीय सुहाङलाई चुनावी मैदानमा उतारेको हो। एमालेले जित्नेमा ढुक्क रहेको बताउँछिन् तुम्बाहाङ्फे।
त्यस्तै इलाम-२ मा नेपाली काङ्ग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए। तर एमालेका सुवास नेम्वाङसङ्ग झिनो मतान्तरले हारेका थिए।
रास्ट्रिय स्वतन्त्र पार्टीले भने पत्रकार समेत रहेका मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ। लिम्बू सुरुमा स्वतन्त्र उठ्ने बताएपनि पछि रास्वपा प्रवेश गरेका थिए।
त्यस्तै यहाँ ४१ वटा घटकको समर्थनसहित पहिचान पक्षधर डकेन्द्र सिंह थेगिमले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन। मुढा चुनाव चिन्ह पाएका उनले पनि दलको मत काट्ने अनुमान छ।
Shares
प्रतिक्रिया