नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङले चुनाव जितेमा इलामको विकासको जिम्मा आफूले लिने बताएका छन्।
बुधबार इलाम क्षेत्र नं २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुहाङलाई जिताउन इलामेली जनतासँग आग्रह गरे।
उनले इलामको विकास निर्माणको समस्या आफूलाई थाह भएको उल्लेख गर्दै एमाले अध्यक्षको हैसियतले सुहाङको जिम्मा आफूले लिने बताए।
अध्यक्ष ओलीले सुहाङले चुनाव हारे इलामले घाटा ब्योहोर्ने पनि बताए।
‘सुहाङले चुनाव हारे उहाँलाई घाटा लाग्दैन,’ उनले भने, ‘इलामलाई घाटा लाग्छ।’
सुहाङले नै चुनाव जित्ने भन्दै ओलीले विपक्षी दललाई ‘धेरै पेट्रोल खर्च नगर्न र जुत्ता नखियाउन’ सुझाव पनि दिए।
उनले सुहाङ १८ घण्टा खटेर काम गर्न सक्ने, एक पैसा भ्रष्टाचार नगर्ने, कर्मठ उम्मेदवार भएको दाबी पनि गरे।
90
Shares
प्रतिक्रिया